कञ्चनपुर । कञ्चनपुरमा एक आमाले आफ्नै सन्तानलाई उखुबारीमा बाँधेर फरार भएकी छन् । पुर्नवास नगरपालिका वडा नम्बर २ कि शर्मिला चौधरीले एक वर्ष पनि नपुगेको बच्चालाई उखुबारीमा बाँधेर फरार भएकी हुन् ।
बिहीबार साँझ आफूसँग आफ्नो सन्तानलाई पनि लिएर उनी माइत घरबाट हिँडेकी थिइन् । परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानको घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन् । तर, उनका आमा बुवालाई पनि बच्चाको बुवा के हुन् भन्ने बारे अझै जानकारी छैन ।
बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए। सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो।
उनलाई उद्दार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो।
त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ। शिशुलाई शर्मिलाकी आमा रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
Leave a Reply