एजेन्सी । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ ।
मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।
योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ ।
भारत तीनै फर्म्याटमा पहिलो नम्बरमा भएको यो पहिलो पटक हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।
Leave a Reply