काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचित क्षेत्र आरक्षित गरेर महिलालाई प्रत्यक्ष निर्वाचन लड्ने माहोल बनाउनुपर्ने बताएकी छिन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले निर्वाचन आयोगमा अहिले ऐन बनिरहेकाले कांग्रेसले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
पार्टीमा गुट–उपगुट घामजस्तै छर्लङग भएको भन्दै त्यसको प्रभाव वडा तहसम्म पुगेको संग्रौलाको भनाई छ ।
Leave a Reply