Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • जयेन्दु बाल सुधार गृहमा झडपपछि ९ जना थुनुवा फरार

    जयेन्दु बाल सुधार गृहमा झडपपछि ९ जना थुनुवा फरार

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.9K
    SHARES

    बाँके । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा भएको झडपपछि ९ जना थुनुवा फरार भएका छन्।

    फरार भएकाहरू कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न सकेको छैन् ।



    फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ। झडपका क्रममा १० जना घाइते भएका थिए ।



    घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसीको मृत्यु भएको हो।

    उनी अपहरण,शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए ।

    भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् ।

    दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार