काठमाडौं । शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनका क्रममा महोन वैद्य किरण निकट विद्यार्थी संगठनका कार्यकर्ता पक्राउ परेका छन् ।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरीले अखिल क्रान्तिकारीका १६ जनालाई पक्राउ गरेको हो।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए ।
अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् ।
शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।
Leave a Reply