काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र टेड्रोसबीच शुक्रबार भेट भएको हो ।
भेटमा नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल भएको थियो ।
उनीहरुबीच जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply