Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आन्दोलनरत शिक्षकसँगको वार्ता आजै टुङ्ग्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

    आन्दोलनरत शिक्षकसँगको वार्ता आजै टुङ्ग्याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 795
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन निर्देशन दिएका छन् ।

    विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई निर्देशन दिएका हुन् ।



    विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित विरोध गरिरहेका छन्।



    रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका थिए ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिए । बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार