Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यानको निर्वाचन साधारण सभा आज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन साधारण सभा आजबाट सुरु हुँदै छ।

बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुन् लागेको हो ।

पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ।

१७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्। वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना बलियो रहेको छ ।

उनलाई पारस खड्काले समर्थन गरेको बुझिएको छ। सचिवमा चन्दले खड्कालाई साथ दिएका छन्।

जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य बनेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077