काठमाडौं । नेकपा (एमाले) ले आफ्नो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्णसमाचार सम्प्रेषण गर्नेलाई कारबाहीको दायरमा ल्याउने भएको छ ।
एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीरध्यानाकर्षण भएको जनाएको हो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बिहीबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरीअनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जनाहुने गरेको बताए ।
‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक अकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकालेसम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ‘, उनले भने ।
‘पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीकोकेन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक अकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानुनीप्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ‘विज्ञप्तिमा भनिएको छ ।
Leave a Reply