Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट, आन्दोलनको भय

    संघीय निजामती विधेयकप्रति कर्मचारी रुष्ट, आन्दोलनको भय

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा पठाउने तयारी गरेको संघीय निजामती सेवासम्बन्धी विधेयक दुई सातादेखि संसद्मा दर्ता नभई अलपत्र परेको छ ।

    उक्त विधेयकप्रति आम कर्मचारी रुष्ट देखिएपछि कर्मचारी पनि आन्दोलित हुन सक्ने डरले गर्दा सरकारले उक्त विधेयक संसद्मा दर्ता गर्न नसकेको हो । गत भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको थियो ।



    विधेयकमा भएका कतिपय प्रावधानले कर्मचारीको वृत्ति विकासमा गम्भीर असर पु¥याउने तथा संघीयताको मर्मविपरीतका प्रावधान रहेको भन्दै अधिकांश कर्मचारीले विधेयक नमान्ने चेतावनी दिँदै आएका छन् । अहिले संघीय संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरूले विद्यालय नै बन्द गरी राजधानी केन्द्रित आन्दोलन जारी राख्दै आइरहेका छन् ।



    भोलि संघीय निजामती सेवा विधेयक यही अवस्थामा संसद्मा दर्ता भएको खण्डमा अधिकांश निजामती कर्मचारी पनि आन्दोलित हुन सक्ने सरकारकै अधिकृत तथा उपसचिवहरूको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार