Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिलाई परिवर्तनको माध्यम बनाउनु पर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिलाई परिवर्तनको माध्यम बनाउनु पर्ने बताएका छन् ।

‘बिहीबार विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई सत्तामा जाने भर्‍याङको रूपमा मात्र प्रयोग गर्न नहुने बताए ।

‘जनतालाई सेवा दिने, भ्रष्टाचार नियन्त्रण, रोजगार प्रवर्धनको कुरामा र आर्थिक वृद्धिदरका कुरामा ध्यान दिनु पर्छ,’ उनले भने ‘राजनीतिलाई सत्तामा जाने भर्‍याङ मात्र नबनाएर जनता र परिवर्तनको माध्यम बनाउनु पर्छ ।’

यस्तै उनले छिटो भन्दा छिटो शान्ति सम्झौतालाई टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077