Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेषले फैसला गरेका मुद्दामा अख्‍तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ जनाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले नक्कली बिल भरपाई बनाई सरकारी रकम हिनामिना गरेर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतको फैसला चित्त नबुझेका कारण सो मुद्दा बिहीबार पुनरावेदन गरेको हो ।

भ्रष्टाचारको आरोप लागेका गरिवी निवारण कोषका कर्मचारीलाई सफाइ दिने विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्च अदालत गएको छ ।

विशेष अदालतले २९ साउन २०७९ मा कोषका तत्कालिन पदाधिकारी तथा कर्मचारीविरुद्धको भ्रष्टाचार मुद्दामा ३६ जना आरोपितमध्ये १९ जनालाई सफाइ र १७ जनालाई दोषी ठहर गरेको थियो ।

सफाइ पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने माग सहित अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो । गरिवी निवारण र उत्थानका लागि विनियोजन गरेको रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुमाथि कुल ४ करोड ३४ लाख रुपैयाँ विगो मागदावी गरेको थियो ।

अख्तियारले उनीहरुमाथि नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो । यातायातका साधन, दैनिक भ्रमणभत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको उनीमाथि आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077