Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

    आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विषयमा जानकारी गराउँदै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भने,‘अहिलेको अर्थतन्त्रले तत्काल धान्न नसक्ने कुरा र संविधानले गरेको व्यवस्थाभन्दा प्रतिकूल हुने कुरामा सहमति गर्न सक्ने अवस्था छैन । त्यसबाहेक जुनसुकै विषयमा छलफल गर्न सरकार तयार छ । शिक्षा क्षेत्रलाई, शिक्षकहरूको पेसागत अवस्थालाई सुधार र व्यवस्थित गर्ने कुरामा सरकारले खुला छलफल गरौँ भनेको छ । ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ रु त्यसबारे छलफल गर्न सरकार तयार छ ।’



    रक्षामन्त्री खड्काले संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने विषयहरूबाहेक जुनसुकै कुरामा छलफल गर्न सरकार तयार रहेको बताए ।

    उनले शिक्षकहरूसँग संवाद सुरू भइसकेको र जायज मागहरू सरकारले पूरा गर्ने बताए । रक्षामन्त्री खड्काले विधेयकका व्यवस्थाहरूमा सहमति जुटाउन विधेयकको मस्यौदा तयार गर्नेक्रममै पटक–पटक छलफल भएको बताए ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले महासंघका प्रतिनिधिहरूसँग विगतमा गरेका संवादका आधारमा भएका सहमतिहरूलाई समेटेर नै सरकारले विधेयकको मस्यौदा तयार गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार