Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • आन्दोलनरत शिक्षकलाई रास्वपाले भन्यो – विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नहोस्

    आन्दोलनरत शिक्षकलाई रास्वपाले भन्यो – विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नहोस्

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ।

    रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई यस्तो आग्रह गरेका हुन् ।



    प्रवक्ता ढकालले शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुकोसमेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकारसमक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताए ।



    विज्ञप्तिमा प्रवक्ता ढकालले भनेका छन्,नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नुपर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

    प्रवक्ता ढकालले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा रास्वपाले आफ्नो धारणा प्रष्टसँग राख्दै आएको र संसद्मा त्यसबारेको छलफलमा समेत आफ्नो धारणा र संशोधन प्रस्ताव राख्ने प्रतिवद्धता जनाए।

    विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्ने प्रवक्ता ढकालको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार