Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको अन्तिम कारोबार दिन ४४ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ ।

मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो ।

आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो।

दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो।

रिलायबल नेपाल लाइफको १३ करोड र शिवम् सिमेन्टको १० करोड बढी मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ। फाइनान्स उपसमूहको ४ प्रतिशत र डेभलपमेन्ट बैंककको ३ प्रतिशत बढीले मूल्य उकालो लागेको हो। आज २१७ कम्पनीको मूल्य बढ्दा ११ को मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077