Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • जन्मकैद सजाय पाएका गुण्डा नाइके रिगललाई राष्ट्रपतिले दिए आममाफी

    जन्मकैद सजाय पाएका गुण्डा नाइके रिगललाई राष्ट्रपतिले दिए आममाफी

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल(रिगल )लाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् ।

    नेपालगञ्जका गुण्डा नाइके रिगलले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।



    ४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो । २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुन्डा नाइके रिगललाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो ।



    अभियुक्त रिगलले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो ।

    ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा स्वागतमा तरुण दलका कार्यकर्ताहरुको कारागार बाहिर भिड लागेको थियो । कार्यकर्ताहरुले उनलाई खादा र अविर लगाइदिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार