Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

    कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब प्रत्येक दिन सबै प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गर्ने बताएका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको गृहमन्त्री श्रेष्ठले बताए ।



    उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए । छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने गृहमन्त्री श्रेष्ठको भनाई छ ।



    उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे ।

    आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार