Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालयमा बिहान साढे १० बजे ६७ औं सचिवालय बैठक बस्न लागेको हो ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल हुनेछ । यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ ।

एकीकृत समाजवादीले असोज १४ देखि २९ गतेसम्म सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरूद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरूद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077