Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मण्डनदेउपुरका कर्मचारीलाई आज 'थकित बिदा'

काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधवार सूचना प्रकाशित गरी आज सार्वजनिक बिदा दिएको हो ।

आठौँ संविधान दिवस तथा पालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न कर्मचारी र जनप्रतिनिधि काममा खटिएका र आज एक दिन आरामका लागि ‘थकाइ’ बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

लगातार तीन दिन कर्मचारी तथा जनप्रतिनिधि व्यवस्थापनमा खटिएपछि थकित भएका कारण आज नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

नगरपालिका पुरानो कार्यालय भवनबाट नयाँ भवनमा सरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077