Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आन्दोलनरत शिक्षकलाई कारबाही गरे प्रतिवाद गर्ने शिक्षक महासंघको चेतावनी

    आन्दोलनरत शिक्षकलाई कारबाही गरे प्रतिवाद गर्ने शिक्षक महासंघको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलमा हस्ताक्षेप गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

    काठमाडौं महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने सूचना जारी गरेको केहीबेरपछि नै महासंघले प्रतिवाद गर्ने चेतावनी दिएको हो ।



    महासंघले विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा महासंघले सामूहिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।



    विज्ञप्तिमा भनिएको छ,‘संसद र कर्मचारी संयन्त्रले बनाएका गलत र प्रतिगामी नीति र रबैयाले सार्वजनिक शिक्षा ध्वस्त हुँदै जाने र यसको दोष चाहिँ सधैं शिक्षकले बोक्नुपर्ने नियतिको हामी सदाको लागि अन्त्य गर्न चाहन्छौं र यसको लागि यस पटकको आन्दोलन निर्णायक र अन्तिम बनाउन चाहन्छौं।’

    महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

    महासंघले यसअघि नै विभिन्न २० वटा माग अघि सार्दै सडक आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो। सोही घोषणाअनुसार शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार