काभ्रे । काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको हो ।
तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाले बिदा दिएको जनाएको छ ।
मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए ।
आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।
कार्यालय सार्दा कर्मचारी र विद्यालयका शिक्षकहरु दिनभरी खटिएकोले भोलि बिहीबार थकाइ बिदा दिइएको नगरपालिकाले जनाएको छ।
Leave a Reply