Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवालाई भेटेर शेखरको चेतावनी - तपाईं नसच्चिने हो भने तपाईंसँग सहकार्य गर्नुछैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि नेता कोइरालाले सभापति देउवालाई भेटेका हुन् ।

बुधबार बिहान देउवा र कोइरालाबीच करिब पौने घण्टा कुराकानी भएको थियो । छलफलमा नेता कोइरालाले देउवालाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

पार्टी सञ्चालनमा सभापति देउवाले निरन्तर एकलौटी रुपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै नेता कोइरालाले असन्तुष्टि पोखेका थिए ।

नेता कोइरालाले भने,‘तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर तपाईं रोकिनुभएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन।’

शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताए । नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासो गरेका थिए ।

त्यस्तै, कोशी प्रदेशमा सरकार गठनका विषयमा पार्टीले लिएको बाटो गलत रहेको उल्लेख गर्दै नेता कोइरालाले त्यसकारण कांग्रेसकै बदनाम गर्ने काममात्रै भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077