काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।
काठमाडौंको माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । शिक्षकहरुको प्रदर्शनले सवारी आवागमन अस्तव्यस्त भएको छ ।
नयाँबानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका स्थानबाट सवारी साधनहरुलाई डाइभर्सन गरिएको छ । सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको छ ।
सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
Leave a Reply