मकवानपुर। मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको वकैया गाउँपालिका—१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा ६८ वर्षीया ठुलीमाया न्यासुरको मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक घाइते भएका छन् । ठुलीमाया मोटरसाइकल पछाडि बसेकी थिइन् ।
मोटरसाइकल चालक ३२ वर्षीय राजकुमार न्यासुर घाइते भएका छन् ।
कान्तिलोकपथको जीतपुर भन्ज्याङबाट चपकखानीतर्फ जाने क्रममा भित्री कच्ची सडकमा ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा नै पल्टिँदा आमा ठुलीमाया र छोरा राजकुमार घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी ठुलीमायाको हेटौंडा अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
Leave a Reply