Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • क्यानडा–भारत तनाव : भारतमा आतंकवाद रहेको भन्दै क्यानडाद्धारा ट्राभल एडभाइजरी जारी

    क्यानडा–भारत तनाव : भारतमा आतंकवाद रहेको भन्दै क्यानडाद्धारा ट्राभल एडभाइजरी जारी

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.5K
    SHARES

    एजेन्सी। भारतमा आतंकवादको खतरा रहेको भन्दै क्यानडाले ट्राभल एडभाइजरी जारी गरेको छ ।

    भारतसँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण आफ्ना नागरिकहरुलाई भारत भ्रमणमा सावधानी अपनाउन भनेको हो ।



    जारी ट्राभल एडभाइजरीमा जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा रहेको बताइएको छ । भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।



    गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।

    क्यानडाले यही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार