Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संविधानले राष्ट्रिय एकतालाई सबल बनाएको छ : रक्षामन्त्री खड्का

    संविधानले राष्ट्रिय एकतालाई सबल बनाएको छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानसभाबाट जारी नेपालको संविधानले देशको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताएका छन् ।

    संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भने,’हाम्रो संविधानले राज्यको सबै तह र तप्कालाई सबै नागरिकहरूलाई समान र समन्यायिक पहुँच सुनिश्चित गर्दै शासन प्रणालीमा जनताको अधिकतम प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यसलाई यथार्थमा परिणत गर्ने प्रमुख माध्यम आवधिक निर्वाचन हो, जुन लोकतान्त्रिक शासन प्रणालीको सारभूत पक्ष पनि हो ।’



    कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामूलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताए ।

    उनले अबको देशको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताए । भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब सबै थप समर्पण भावका साथ जुट्नुपर्ने रक्षामन्त्री खड्काको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार