Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता छ : प्रधानन्यायाधीश श्रेष्ठ

    संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता छ : प्रधानन्यायाधीश श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।

    संविधान दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताए।



    नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधान सभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ।



    प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका संवेदनशील रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार