काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच भेट भएको छ।
युक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको हो।
भेटका अवसरमा प्रधानमन्त्री र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको थियो ।
Leave a Reply