Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।

    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डसँग फतिमाले भेट गरेकी हुन् ।



    मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्रीसँग भेट गरेको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।



    भेटका अवसरमा दुवै जनाबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार