Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बक्यौता रकम तिर्न नसकेपछि पशुपति क्षेत्रको पार्किङ सम्झौता रद्द

    बक्यौता रकम तिर्न नसकेपछि पशुपति क्षेत्रको पार्किङ सम्झौता रद्द

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 912
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ ।

    पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिसंग कोषले सम्झौता रद्द गरेको हो । सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले जनाएको छ ।



    पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषले जनाएको छ । उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो ४० लाख रुपैयाँ बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।



    सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार रुपैयाँ तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ ।

    उक्त कम्पनीले पुरानो बक्यौँता रकम ६० लाख रुपैयाँमा केही हप्ता पहिले २० लाख बुझाए पनि अझै ४० लाख रुपैयाँ तीन बाँकी रहेको खतिवडाले जानकारी दिए । कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार