Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान कार्यान्वयन गर्न नेतृत्वले पहल गर्न सकेन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबैले संविधान कार्यान्यवनमा जोड दिनुपर्ने बताएका छन् ।

दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले संविधान बनाउँदा संवेदनशीलता भएपनि कार्यान्वयन गर्दा नभएको दाबी गरे।

नेता खनालले भने,‘संविधान बनेको सात वर्ष हुन लाग्यो। संविधान कार्यान्वयन गर्ने प्रक्रियामा संविधानको आधार तयार गर्दा, संविधान निर्माण गर्दा हामी जति संवेदशील र सचेत थियौं। संविधान कार्यान्वयन गर्दा त्यति सचेत देखिएका छैनौं।’

संविधान बनाएपनि जनतालाई शिक्षित बनाउने कुरामा यो देशको नेतृत्व पछि रहेको नेता खनाललेको भनाई छ। खनालले संविधान कार्यान्वयन गर्न सरकार र नेतृत्वले पहल गर्न नसकेको उल्लेख गरे।

उनले संविधानमा रहेका मतभेद हटाउन नसकेको बताए। उनले पहिलो संविधान सभा विघटन भएपनि दोस्रो संविधान सभाबाट संविधान जारी भएको स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077