Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१६ अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि हुँदा १९८५.४३ को विन्दुमा बन्द भएको हो ।

यसदिन २७१ कम्पनीको ४३ हजार ३६ लाख ५८३ कित्ता सेयर १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँमा खरिदबिक्री भयो। दोहोरो अंकले बढेको बजारमा ३ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

शुभम् पावरको १० ,थ्री स्टार हाइड्रोपावरको ९.९९ र मेन्छियाम हाइड्रो पावरको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको १० करोड मूल्य बढीमा सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो। होटल्स एण्ड टुरिजम र ट्रेडिङ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077