Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा गोली लोड गरेको पेस्तोल फेला

सर्लाही । सर्लाहीको बयलबास बजारको सडकमा पेस्तोल फेला परेको छ ।

सोमबार दिउँसो ईश्वरपुर नगरपालिका ६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले प्रहरीलाई खबर गरेका थिए । एउटा गोली लोड गरिएको चालु अवस्थाको पेस्तोल रहेको प्रहरीले जनाएको छ ।

कसैले आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान प्रहरीको छ । सो विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077