Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले भन्यो - नाम फेर्नेबारे महाधिवेशनबाट निर्णय लिन सकिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ । गत भदौ २५ गते बसेको पार्टी पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी महासचिव देव गुरुङले एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने बताए ।

महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।’

समान विचारधाराबिच पार्टी एकता गर्ने सवालमा माओवादीसहित एकीकृत समाजवादी, जसपा, नेकपा र नेसपाका नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077