Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीमा एमालेले खोज्यो नेकपा एसको साथ, राजेन्द्रलाई मुख्यमन्त्री बन्न प्रस्ताव !

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ । आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिवबीच धरान उपमहानगरपालिका १५ स्थित धरान किचन होटलमा भेट भएको हो ।

भेटमा शेरधनले राजेन्द्रलाई पुनः कोशी प्रदेशको मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन् । एमालेले कोशी प्रदेशमा सरकार टिकाउनका लागि आफैँबाट अलग भएको दल एकीकृत समाजवादीको साथ खोजेको हो ।

पूर्वमुख्यमन्त्री शेरधनकै आग्रहमा दुई घण्टा छलफल भएको बताइएको छ । उनले कोशी प्रदेशको हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आलोपालोमा मुख्यमन्त्री बन्न राजेन्द्रलाई प्रस्ताव गरेका थिए ।

तर राजेन्द्रले अहिले एमालेविरुद्ध गठबन्धनमा आबद्ध दलहरु एक भएकाले कार्की नेतृत्वको सरकारलाइ समर्थन जनाउन नसकिने जवाफ दिएको बताइएको छ । दुवै पूर्वमुख्यमन्त्री भोजपुरकै हुन् । उनीहरूबीच लामो समयदेखि बोलचाल नै बन्द थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077