Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से ४ अंकले बढ्दा कारोबार रकम ८७ करोडमा सीमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ अंकको बिन्दुमा उक्लिएको छ ।

आइतबार नेप्से ४२.१४ अंकको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो ।

४ अंकले नेप्से सूचक बढ्दै गर्दा यता जम्मा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बैैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढ्दै गर्दा बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घट्न पुगेको छ भने ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077