Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउँछौं : परराष्ट्रमन्त्री साउद

    विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउँछौं : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 837
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनु पर्ने बताएका छन् ।

    जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताए ।



    परराष्ट्रमन्त्री साउदले भने,’केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।’

    परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए ।

    गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे ।

    उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार