Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • मानब बेचबिखन : पाँच वर्षमा एक हजार ६ सय जनालाई ब्युरोले गर्‍यो उद्दार

    मानब बेचबिखन : पाँच वर्षमा एक हजार ६ सय जनालाई ब्युरोले गर्‍यो उद्दार

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाल लगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ।

    नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो।



    ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएकोछ।

    ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष छन्।

    आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए।

    यस्तै आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो। वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार