Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • फाइन गोल्ड लेखिएको धातुसहित बालाजुबाट चार जना पक्राउ

    फाइन गोल्ड लेखिएको धातुसहित बालाजुबाट चार जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनजस्तो देखिने धातुसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर-१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ का ३१ वर्षीय विशुराम थपलिया, दोलखाको बिगुल गाउँपालिका-५ घर भइ भक्तपुरको नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन विक, लाजिम्पाट बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरीको सितापुर गाउँपालिका-८ इटहरूवा घर भइ जोरपाटी बस्ने ३४ वर्षीय दिलिपकुमार चौधरी छन्।



    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट सुनजस्तो देखिने धातुसहित पक्राउ गरेको हो।



    बालाजु एरियामा सुनजस्तो देखिने धातु देखाएर ठगी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली खटिएको थियो।

    टोलीले उनीहरूको साथबाट युपेङ्ग गोल्ड १ किलो फाइन गोल्ड ९९९.९ वाइ १८५२७० लेखिएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो।

    उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वृत्त बालाजु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार