Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा ४२ दशमलव १४ अङ्कको गिरावट, २ अर्ब बढिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ।

नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार ९ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो।

अघिल्लो साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढेर बन्द भएको शेयर बजार आज ४२.१४ अंकले गिरावट भएको छ ।

आइतबार दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद-बिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६ सय १० बराबरको कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिद-बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077