Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एसिया कप फाइनल : श्रीलंकाविरुद्ध टस हारेर बलिङ गर्दै भारत

    एसिया कप फाइनल : श्रीलंकाविरुद्ध टस हारेर बलिङ गर्दै भारत

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । एसिया कप–२०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिलो ब्याटिङ गर्ने भएको छ ।

    श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा हुने खेलका लागि भएको टस जितेर घरेलु टिमका कप्तान दासुन सनाकाले ब्याटिङको निर्णय गर्दै भारतलाई फिल्डिङको निम्तो दिएका हुन् ।



    भारतले समूह ‘ए’ को र श्रीलंका समूह ‘बी’ विजेताको रूपमा सुपर फोरको यात्रा तय गरेका थिए । सुपर फोरमा भारतलाई २१३ मा अल आउट गरे पनि श्रीलंका ४१ रनले पराजित भएको थियो ।



    घरेलु टिम श्रीलंका एसिया कपमा सबैभन्दा धेरै फाइनल खेल्ने टिम हो । श्रीलंकाले हालसम्म १२ पटक फाइनल खेलेको छ ।

    जसमध्ये ६ उपाधि जितेको श्रीलंका आज उपाधिसहित प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने टिमको रूपमा भारतसँग बराबरी गर्न चाहन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार