Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे फाइनल खेल सुरु हुनेछ ।

    ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो।



    भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो।



    श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो। एसिया कपको फाइनलमा यी दुई टोलीबीच ८ पटक आमने सामने भएका छन्।

    पाँच पटक भारतले श्रीलंकालाई हराएर उपाधि जितेको छ भने श्रीलंकाले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ। फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ।

    आज हुने खेलमा श्रीलंकाका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन्। भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन्।

    त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलंकासँगको खेल गुमाउने भएका छन्। उनी शुक्रबार बंगलादेशविरुद्धको खेलमा घाइते भएका हुन्। अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार