Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण : हत्यामा प्रयोग भएको खुकुरी र चुलेसी बरामद

    तीनकुने सामूहिक हत्या प्रकरण : हत्यामा प्रयोग भएको खुकुरी र चुलेसी बरामद

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको हत्यामा प्रयोग भएको हतियार बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो ।

    खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो ।



    लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो ।



    मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो ।

    प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राई आफैं अनुसन्धानको दायरामा परेका थिए । उनीसहित चारजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार