Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेट

    अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेट

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा जानुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसंग भेटवार्ता गरेका हुन् ।



    राष्ट्रपति भवन शीतलनीवासमा भएको भेटमा प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।



    साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज साँझ न्युयोर्क प्रस्थान गर्दै छन् ।

    प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार