Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : खबर गर्न आएका व्यक्ति नै पक्राउ

    गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : खबर गर्न आएका व्यक्ति नै पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 3.9K
    SHARES

    काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति एकै परिवारका तीनसहित ४ जनाको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।

    तीनकुनेस्थित दिव्य सःमिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै २८ वर्षीय दीपेन्द्र राई व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए ।



    उनी सोही काठमिलमा काम गर्दै आएका कामदारका छोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उक्त काठमिल दोलखामा सांसद हारेका बालकृष्ण शिवाकोटीको भएको पाइएको छ।



    हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

    घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी शव पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार