Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एसिया कप : भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित

    एसिया कप : भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई पराजित गरेको छ । शुक्रबार भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग ६ रनले पराजित भएको हो ।

    जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो ।



    त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो ।



    एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ । भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ । बिहीबार पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनल पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार