Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बने : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश बनेको बताए ।

उनले 'सिंहदरबारमा आगो लगाउँछु' भन्नेहरूलाई जनताले साथ र स्याबासी दिँदै आएको बताए । उनले देशको नेतृत्व अकर्मण्य भएको बताए । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै उनले आमजनताको परिवर्तन गर्न जरुरी रहेको बताए ।

उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरू आकर्षित हुन थालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077