Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • तीजलाई विकृतिका रुपमा होइन, संस्कृती जगेर्नाका लागि मनाउनुपर्छ : सांसद खड्का

    तीजलाई विकृतिका रुपमा होइन, संस्कृती जगेर्नाका लागि मनाउनुपर्छ : सांसद खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 2.1K
    SHARES

    अछाम । सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले तीजलाई संस्कृति जगेर्नाका रूपमा मनाउनु पर्ने बताएका छन् ।

    शुक्रबार चौरपाटी गाउँपालिका स्तरीय महिला सञ्जालले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश महामन्त्रीसमेत रहेका खड्काले यस्तो बताएका हुन् ।



    उनले तीजलाई विकृतिका रूपमा नभएर संस्कृती र धर्मलाई जगेर्नाका रूपमा अगाडि बढाउनु पर्ने बताए । एक अर्काको नक्कल, प्रतिस्पर्धा र तडकभडक रूपमा तीजलाई बनाउन नहुने उनको भनाई छ ।



    उनले तीज पर्वले महिलामा एकताको भावना र मेलमिलापको भावना पैदा गर्ने बताए । सो कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका महिलाहरूले विभिन्न प्रस्तुतिहरू देखाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार