काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेन्ज ल्याउन असफल भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।
उनले आफू असफल भएको स्वीकारे । उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताए ।
सरकारसँग जुध्न गाह्रो भएको भन्दै उनले विश्वको पुँजीबजारसँग प्रतिष्पर्धा गर्ने नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजेको बताए । यस्तै उनले केही दिनमै ब्रोकर मार्फत मार्जिन ट्रेडिङ सम्बन्धी नीति कार्यान्वयनमा आउने प्रतिवद्धता व्यक्त गरे ।
Leave a Reply