Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • साईप्रस पठाइदिने भन्दै साढे सात लाख ठगी गर्ने चेतना पक्राउ

    साईप्रस पठाइदिने भन्दै साढे सात लाख ठगी गर्ने चेतना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 957
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साईप्रस पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका-५ घर भई हाल ललितपुरस्थति मंगलबजार बस्दै आएकी चेतना श्रेष्ठ रहेकी छन्।



    श्रेष्ठले साइप्रस पठाइदिने र त्यहाँ मासिक डेढ एक लाख कमाइ हुने भन्दै राधेश्याम वानियासंग पटक पटक गरेर सात लाख ५० हजार रकम लिई फरार भएकी थिईन् ।



    वैदेशिक रोजगारीका लागि साईप्रस पठाउने भन्दै ठगी गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । श्रेष्ठले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुरको मंगलबजारबाट पक्राउ गरेको हो । श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार